काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सार्वजनिक गरेको मूल्यअनुसार छापावाल सुन तोलामा एक हजार तीन सयले बढेर २ लाख २३ हजार रुपैंयाँ कायम भएकाे छ।
आज सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। यसअघि मंगलबार छापावाल सुन तोलामा २ लाख २१ हजार सात सय रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि आज बढेको छ। मंगलबार तोलामा २ हजार ६८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज २० रुपैंयाँ बढेर तोलामा २ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रतिक्रिया