• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आगामी तीन दिन पानी पर्ने सम्भावना के छ ?, यस्ताे छ मौसम पूर्वानुमान

आगामी तीन दिन पानी पर्ने सम्भावना के छ ?, यस्ताे छ मौसम पूर्वानुमान

काठमाडौँ । माैसम पूर्वानुमान महाशाखाले तीन दिनकाे माैसमी अवस्थाकाे सम्भावनाबारे जानकारी दिएकाे छ । जस अनुसार असोज १९ गते आइतबार दिउँसो कोशी प्रदेश र मधेश प्रदेशका अधिकांश स्थाहरुमा पूर्ण बदली रही बागमती प्रदेश, लुम्बिनी प्रदेशमा साधारणतया बदली र बाँकी भू-भागहरुमा आंशिक बदली रहेने छ।

कोशी प्रदेश र मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका लगायत देशका पहाडी भू-भागका केही स्थानहरू र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा सम्भावना रहेको छ।

असोज २० गते सोमबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै असोज २१ गते मंगलबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

राति कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १९, आईतवार ०३:३६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP