• २०८३ श्रावण १ | Fri, 17 Jul 2026

वैशाखदेखि यता विपद्का चार हजार एक सय ६४ घटना, ३०८ जनाको मृत्यु (सूचीसहित)

वैशाखदेखि यता विपद्का चार हजार एक सय ६४ घटना, ३०८ जनाको मृत्यु (सूचीसहित)

काठमाडौँ । गत वैशाखदेखि हालसम्म देशभर भएका विपद्का घटनामा ३०८ जनाको मृत्यु भएको छ । कूल चार हजार एक सय ६४ विपद्का घटना भएका छन् । जसबाट ८ हजार ५९५ घर परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

सो अवधिमा १ हजार ११३ जना घाइते भएका छन् । यस्तै, ३३ जना बेपत्ता भएका छन् । प्राधिकरणका अनुसार साढे ६ महिनाको अवधिमा सबैभन्दा बढी आगलागीमा घटना भएका छन् । एक हजार ३८७ वटा आगलागीका घटना हुँदा २४ जनाको मृत्यु भएको छ भने एक सय ९१ जना घाइते भएका छन् । आगलागीमा परेर एक हजार ५१० घरपरिवार प्रभावित भएका छन् ।

बाढीका ३०७ घटना हुँदा ३१ जनाको मृत्यु भएको छ । बाढीमा परेर २३ बेपत्ता, १५ घाइते हुँदा तीन हजार २९७ परिवार प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ । यस्तै, ५३९ वटा पहिरोका घटना भएका छन् । पहिरोमा परेर ६५ जनाको मृत्यु भएको छ भने ७७ घाइते भएका छन् । ९ जना बेपत्ता भएका छन् ।

यसैगरी यसबीचमा भारी वर्षाका मात्रै ४०१ घटना भएका छन् । त्यसमा परेर ७ जनाको ज्यान जाँदा १५ घाइते भएका छन् भने ९६० परिवार प्रभावित भएका छन् । ३४६ वटा चट्याङका घटना दर्ता भएका छन् । चट्याङमा परेर ४६ जनाको ज्यान गएको छ भने २५६ जना घाइते भएका छन् । यस्तै, ४४५ परिवार प्रभावित भएका छन् । सर्पदंशका ४३९ घटना भएका छन् । सर्पको डसाईबाट ८७ जनाको ज्यान गएको भने ३५६ जना घाइते भएका छन् ।

प्राधिकरणका अनुसार, वन डढेलोका १५८ घटनामा परेर दुई जना घाइते भएका छन् भने २७ परिवार प्रभावित भएका छन् । त्यस्तै, हावाहुरीमा २८५ घटना हुँदा आठ जनाको निधन भएको छ भने ४४ घाइते भएका छन् । हावाहुरीमा परेर ५४२ परिवार प्रभावित भएका छन् । जनावर आक्रमणका २३८ घटना घट्दा २२ जनाको निधन भएको छ । यस्तै, १०८ जना घाइते हुँदा ३९५ परिवार प्रभावित भएका छन् ।

विपदबाट जोगिन पूर्वसावधानी, सचेतना अभियान सञ्चालन गरिएको र पूर्व सूचना प्रणालीलाई थप व्यवस्थित बनाइएको प्राधिकरणले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २०, सोमबार १०:३६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP