• २०८३ असार ३१ | Wed, 15 Jul 2026

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १६ जना पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौँ । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १६ जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-९ तिलगंगास्थित सडकबाट अवैध लागूऔषध गाँजा ४ किलोग्रामसहित सोही महानगरपालिका-८ विजयचोक डेरा गरी बस्ने चितवन घर भएका ३६ वर्षीय लालबहादुर तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप ४ किलोग्राम गाँजा फेला पारी प्रहरीले बरामद गरेको छ ।

यसैगरी काठमाडौँ, चन्द्रागिरी नगरपालिका-१२ गुर्जुधाराबाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ५० ट्याब्लेट र नगद २ लाख ६२ हजार ६ सय ५० रूपैयाँसहित सोही ठाउँ डेरा गरी बस्ने मकवानपुर घर भएकी ५६ वर्षीया संचमाया तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यसैगरी बारा, जीतपुरसिमरा उपमहानगरपालिका-७ बाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ७ सय ग्रामसहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत पूर्वी चम्पारण रक्शोल पनटोका पन्चायत-१३ बस्ने ५० वर्षीय संजय कुश्वाहा र मकवानपुर राक्सिराङ गाउँपालिका-२ बस्ने ४८ वर्षीय कान्छाराम मुक्तान रहेका छन् । जिल्ला प्रहरी कार्यालय बारा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बारा, विश्रामपुर गाउँपालिका-३ मुसहर्वा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ७० मिलिग्रामसहित पर्सा वीरंगज महानगरपालिका-१६ नागवा बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.६ प ५००८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-९ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्रामसहित सोही ठाउँ डेरा गरी बस्ने ३६ वर्षीय टोपबहादुर क्षेत्रीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापा, भद्रपुर नगरपालिका-८ सगरमाथा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ५ सय ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने २८ वर्षीय कृष्ण राजवंशी समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । प्रहरीले मे.१० प ३८७१ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।

कञ्चनपुर, बेलौरी नगरपालिका-१० दर्सिखल्लाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ कलकत्ता बस्ने २१ वर्षीय रियान्स राना र १९ वर्षीय प्रकाश राना रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले भे.४ प ४९५४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्रामसहित लम्कीचुहा नगरपालिका-२ बगनिया बस्ने २० वर्षीय सरोज तिरूवालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बाँके, खजुरा गाउँपालिका-२ रिमझिम चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्रामसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ डेरा गरी बस्ने २४ वर्षीय सिमन विक र ३८ वर्षीय दलसिँह थापा रहेका छन् । प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले सिमनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन ३, आईतवार ११:२७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP