काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
आज दिउँसो देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। आज राति कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
दशैं विशेष मौसम बुलेटिन
नेपालमा हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको र नेपालबाट मनसुन बहिर्गमन भइनसकेको अवस्था छ। हालको मौसम विश्लेषण अनुसार यस वर्षको दशैं अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने देखिन्छ। नेपालमा सरदर अक्टोबर २ तारिखमा मनुसन बहिर्गमन हुने भएतापनि प्रत्यक वर्ष सो मिति भने फरक फरक हुने गर्दछ।
असोज १४ (अष्टमी): बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
असोज १५ (नवमी): कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
असोज १६ (दशमी): बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा साथै मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया