• २०८३ असार ३१ | Wed, 15 Jul 2026

देशका विभिन्न ४ वटा सडक आजसम्म पनि पूर्णरुपमा अवरुद्ध (सूचीसहित)

देशका विभिन्न ४ वटा सडक आजसम्म पनि पूर्णरुपमा अवरुद्ध (सूचीसहित)

काठमाडौँ । देशका विभिन्न ४ वटा सडक आजसम्म पनि पूर्णरुपमा अवरुद्ध भएका छन् ।

असाेज १७ देखि १९ गतेसम्मकाे अविरल वर्षापछि बन्द भएका सडकहरु केही संचालन भइरहे पनि केही अझै अवरुद्ध नै छन् । आज बिहान १० बजेसम्मको जानकारी अनुसार ४ वटा सडक बन्द रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका-४ बरुणखोला सडक र मकालु गाउँपालिका-३ एकुवाको सडक पूर्णरुपमा बन्द छ।

यस्तै मेची राजमार्ग अन्तर्गत इलामको इलाम नगरपालिका-९ राजदुवालीलगायतका स्थानहरुमा पनि सडक पूर्णरुपमा बन्द छन् । यता बागमती प्रदेशमा पनि एउटा सडक पूर्णरुपमा बन्द छ । रसुवाकाे पासाङ ल्हामु राजमार्ग अन्तर्गत गोसाइँकुण्ड गाउँपालिका-२ मा सडक बन्द छ।

यता काभ्रेपलाञ्चोककाे बीपी राजमार्गमा भने शुक्रबार साँझदेखि एकतर्फी यातायात सुचारु भएकाे छ । यहाँ आज साँझसम्म दुवैतर्फी यातायात संचालन हुने भनिए पनि याे पूर्णरुपमा अस्थायी हुने र ठूलाे पानी परेर राेशीमा बाढी बउने वित्तिकै सडक अवरुद्ध हुन सक्ने बताइएकाे छ । अवरुद्ध सडकहरु खुलाउने काम भइरहेकाे प्रहरीले जनाएकाे छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २५, शनिबार ०७:१५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP