बुटवल । विराेध कार्यक्रममा भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको मृत्यु भएको छ।
नेपाल विद्युत् प्राधिकरणले रुपन्देहीका १३ वटा उद्योगमा गरेको विद्युत् कटौतीको विरोधमा बिहीबार आयोजित कार्यक्रममा गौतम बोल्दाबोल्दै ढलेका थिए।
भैरहवामा अवस्थित विद्युत् कार्यालय अगाडि धर्ना कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ढलेका गौतमलाई उपचारका लागि मणिग्रामको क्रिमसन अस्पताल पुर्याइए पनि त्यहाँ पुर्याउँदै गर्दा उनकाे मृत्यु भइसकेकाे थियाे । उपचार नै गर्न नपाउँदै डाक्टरले गाैतमलाई मृत घोषणा गरेका थिए ।
उनले विराेध कार्यक्रमलाई सम्बाेधन गरिरहेकाे भिडियाे अहिले सामाजिक संजालमा भाइरल भइरहेकाे छ । जहाँ उनी बाेल्दाबाेल्दै ढलेका देखिन्छन् ।
प्रतिक्रिया