• २०८३ असार ३१ | Wed, 15 Jul 2026

काभ्रेको मण्डनदेउपुर आधारभूत अस्पतालबाट स्वास्थ्य बीमाको रिफर सेवा शुरु

काभ्रेको मण्डनदेउपुर आधारभूत अस्पतालबाट स्वास्थ्य बीमाको रिफर सेवा शुरु

कुन्तावेंसी । काभ्रेको मण्डनदेउपुर नगरपालिकास्थित आधारभूत अस्पतालबाट स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दुको सेवा शुरु भएको छ।

आइतबार वागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाको प्रमुख आतिथ्यता र प्रदेश सांसद लक्ष्मण लम्सालको विशेष आतिथ्यतामा सेवा शुरु भएको हो।

कार्यक्रममा नगरप्रमुख टोकबहादुर वाइवा, उपप्रमुख विष्णुमणि नेपाल, कार्यपालिका सदस्यहरु, नगरसभा सदस्यहरु, जन स्वास्थ्य कार्यालय काभ्रेपलान्चोक प्रमुख, कर्मचारीहरु र सामुदायिक स्वास्थ्य सवंसेविकासहितको उपस्थिती रहेको थियो।

मण्डनदेउपुर आधारभूत अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमको प्रथम सेवा बिन्दु शुभारम्भसँगै जैसीथोक स्वास्थ्य चौकीको नवनिर्मित भवनको समुद्घाटन कार्यक्रम पनि गरिएको थियो।

र सामुदायिक स्वास्थ्य स्वयंसेविकाबाट उमेर हदका कारण सेवा निवृत्त हुनुभएका स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानसहित बिदाई कार्यक्रम सम्पन्न भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेले जानकारी दिनुभयो।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर २१, आईतवार १६:५४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP