रौतहट । मौलापुर नगरपालिका-३ बाट स्रोत नखुलेको नगद ११ लाख ४७ हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन् ।
बारा सिम्रौनगढ नगरपालिका-११ भवानीपुर बस्ने ३६ वर्षीय मुन्ना प्रसाद जैसवाललाई प्रहरीले पक्राउ गरेको हाे ।
इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले हरनैयाबाट देवाहीतर्फ जाँदै गरेको म.प्र-०३-०३३ प ३११० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया