• २०८३ असार ३२ | Thu, 16 Jul 2026

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट २१ जना पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट २१ जना पक्राउ

काठमाडौँ । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट २१ जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यु-३० एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब ३ किलो १२ ग्रामसहित भारतीय नागरिक ५४ वर्षीय SYED ABDUL KHADER SHEGUPERAN पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले थाई एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका SYED ABDUL लाई जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।

ललितपुर, महालक्ष्मी नगरपालिका-५ टिकाथली राधाकृष्ण चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ ग्रामसहित ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सिरहा घर भएका २३ वर्षीय मुकेशकुमार शर्मा, २५ वर्षीय रञ्जन यादव, २९ वर्षीय अश्विनकुमार ठाकुर र भक्तपुर लोकन्थली बस्ने सिरहा घर भएका २७ वर्षीय शम्भु यादव रहेका छन् । प्रहरी प्रभाग टिकाथलीबाट खटिएको प्रहरीले मुकेश शर्माको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-९ बालकुमारी पुलबाट नियन्त्रित लागूऔषध डाईजेपाम १४ एम्पुल, बुप्रेनोर्फिन १६ एम्पुल र फेनारगन ६ एम्पुलसहित सोही महानगरपालिका-१८ मगरगाउँ बस्ने मकवानपुर घर भएका ४१ वर्षीय श्याम लामालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग भैंसेपाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ५० मिलिग्रामसहित मायादेवी गाउँपालिका-३ बस्ने २३ वर्षीय रियाज अन्सारीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

धनकुटा, छथर जोरपाटी गाउँपालिका-३ बाट नियन्त्रित लागूऔषध स्पास्पेन १ सय ४ ट्याब्लेट र ट्रामाडोल ८० ट्याब्लेटसहित सोही ठाउँ बस्ने २६ वर्षीय अर्बिन भट्टराईलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोरपाटीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ५ ग्राम ८० मिलिग्रामसहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ विराटनगर महानगरपालिका-१७ रानीटोल बस्ने ३७ वर्षीय रजप आलम, विराटनगर महानगरपालिका-४ जामुनगाछी बस्ने बेलबारी नगरपालिका-४ घर भएका ३२ वर्षीय अनुरूध निरौला र विराटनगर महानगरपालिका-४ जामुन गाछि बस्ने २१ वर्षीय निकेशकुमार शर्मा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले प्र.१-०४-००१ ज ००४५ नम्बरको विङ्गर तलासी गर्दा उक्त पदार्थ फेला पारी विङ्गरमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-०८ धनकुटे रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ७ मिलिग्राम, १९ हजार ६ सय ५ नेपाली रूपैयाँ, १ हजार ५० भारतीय रूपैयाँ र डिजिटल तराजु १ थानसहित सोही ठाउँ डेरा गरी बस्ने पाँचथर हिलिहाङ गाउँपालिका-७ बस्ने ३२ वर्षीय विशाल योक्पाङदेनसमेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी वरगाछीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१३ मोहनपुर्वाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २२ ग्राम ७ सय १० मिलिग्रामसहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उमहानगरपालिका-१३ लोनियनपुर बस्ने २३ वर्षीय संदिप लोनिया, ३१ वर्षीय हृदयराम खटिक र सोही उपमहानगरपालिका-१८ कारकादो बस्ने २६ वर्षीय ओमकार खटिक रहेका छ्न् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बारा, सिम्रौनगढ नगरपालिका-३ बडपुरवाबाट अवैध लागूऔषध गाँजा ६४ किलो ४ सय ५० ग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका- ३ नयाका टोल बस्ने ४० वर्षीय राजकिशोर हजरा र भारत बिहार मोतिहारी बनकटवा थाना अगरवागाउँ बस्ने ५० वर्षीय सुरेश राय रहेका छन् । इलाका प्रहरी कार्यालय सिम्रौनगढ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

दाङ, घोराही उपमहानगरपालिका-१४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय १० मिलिग्रामसहित ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१८ बस्ने २० वर्षीय रोशन बिष्ट, २० वर्षीय विशेष बुढा मगर र १८ वर्षीय किशोर रहेका छन् । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले रा.८ प ६४६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष १२, शनिबार ११:४७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP