• २०८३ असार ३१ | Wed, 15 Jul 2026

जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न

जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न

सिन्धुपाल्चोक । जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मित्रलाल चौलागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा होमनाथ चौलागाईं, सचिवमा रामशरण गिरी र कोषाध्यक्षमा कृष्णप्रसाद पराजुली चयन हुनुभएको छ। सदस्यहरूमा संगिता अर्याल, नारायण गिरी, दीपककुमार लामिछाने, कमलप्रसाद दुलाल र बाबुराम पाैड्याल चयन हुनुभएको थियो । यस्तै, लेखा समितिको संयोजकमा रामबहादुर लामा तथा सदस्यहरूमा सोनाम लामा र कल्पना दुलाल चयन हुनुभएको तपचुली सामुदायिक कृषि सहकारीका अध्यक्ष मदन थापाले जानकारी दिनुभयो ।

बागमती प्रदेश सहकारी संघका सञ्चालक कृष्ण सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मित्रलाल चौलागाईंले कृषि सहकारीलाई किसानमैत्री, पारदर्शी र उत्पादनमुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । किसानको उत्पादन लागत घटाउने, बजार सुनिश्चित गर्ने र सहकारीलाई व्यवसायिक तथा आत्मनिर्भर बनाउने दिशामा संघले प्राथमिकताका साथ काम गर्ने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि कृष्ण सुवेदीले कृषि सहकारीहरू स्थानीय अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै सहकारीमार्फत किसानलाई प्रविधि, तालिम र बजारसँग जोड्न आवश्यक रहेको बताउनुभयो । अधिवेशनले आगामी कार्यकालमा कृषि उत्पादन वृद्धि, सहकारीबीच समन्वय, क्षमता विकास कार्यक्रम सञ्चालन तथा किसानको जीवनस्तर सुधारलाई मुख्य कार्यदिशा बनाउने निर्णयसमेत गरेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष २८, सोमबार १२:२५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP