• २०८३ असार ३२ | Thu, 16 Jul 2026

क्रमशः सामान्य बन्दै काठमाडौँ उपत्यकाको जनजीवन

क्रमशः सामान्य बन्दै काठमाडौँ उपत्यकाको जनजीवन

काठमाडौँ । काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । नेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन भएपछि यहाँको जनजीवन क्रमशः सामान्य बन्दै गएको हो ।

साथै नेपाली सेनाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ । ऐतिहासिक, सामाजिक, सांस्कृतिक, धार्मिकस्थल तथा व्यक्तिगत सम्पत्तिको सुरक्षामा सबै सुरक्षा निकाय तैनाथ भएकाले अवाञ्छित गतिविधि हुन लागेको जानकारी पाएमा तत्काल सुरक्षा फौजलाई खबर गर्न सेनाले पुनः आग्रह गरेको छ।

हाल यहाँका सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिती छ । यद्यपी मानिस र सवारीसाधनको उपस्थिती न्यून छ । प्रदर्शनकारीले सार्वजनिक र निजी सम्पत्तिमा लगाएको आगो निभाउने प्रयासमा सुरक्षाकर्मी छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २५, बुधबार १०:४७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP