काठमाडौँ। गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनी नागरिकको मृत्यु भएको त्यहाँकाे सरकारी समाचार संस्था वाफाले जनाएको छ।
प्यालेस्टिनी अधिकारीहरूले आवासीय क्षेत्रहरूमा व्यापक भौतिक संरचनाको विनाश र मृत्युको संख्या बढेको जनाएका छन् । अधिकारीहरूले अस्पतालहरूमा थेग्नै नसकिने गरी दबाब बढेको पनि बताएका छन् ।
पछिल्ला केही दिन यता इजरायली सेनाले गाजा शहरमा आफ्नो कारबाहीलाई विस्तार गर्दै बासिन्दाहरूलाई बस्ती छोड्न चेतावनी दिएको छ । गाजाको नागरिक सुरक्षा निकायले आक्रमणका कारण इजरायलले विस्थापितहरूलाई आश्रय दिने विद्यालयहरू र आवासीय भवनहरू खचाखच भरिएको जनाएको छ ।
इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै ‘गाजामा ‘व्यापक भौतिक संरचनाको विनाश’ गरी शहर खाली गर्न खोजेको उल्लेख गरेको छ ।
हमास नियन्त्रित गाजाको सरकारी मिडिया कार्यालयले एक विज्ञप्तिमा भनेको छ, ‘अगस्ट ११ मा आफ्नो भूमि (गाजामा) आक्रमण सुरु भएदेखि इजरायली सेनाले एक हजार ६०० भन्दा बढी आवासीय भवनहरू र विस्थापित परिवारहरूका लागि बनाइएका १३ हजार टेन्टहरू नष्ट गरेको छ, जसले तीन लाख ५० हजारभन्दा बढी मानिसहरूलाई पूर्वी गाजा शहरबाट मध्य र पश्चिमी क्षेत्रहरूमा भाग्न बाध्य पारेको छ ।’एजेन्सी
प्रतिक्रिया