• २०८३ असार ३१ | Wed, 15 Jul 2026

भारतबाट बढेर आयाे इन्धनकाे मूल्य, नेपालमा के हुन्छ ? (विज्ञप्तिसहित)

भारतबाट बढेर आयाे इन्धनकाे मूल्य, नेपालमा के हुन्छ ? (विज्ञप्तिसहित)

काठमाडौँ । हरेक १५ दिनमा इन्धनकाे मूल्यमा हेरफेर गर्दै आएकाे नेपाल आयल निगमले यसपटक पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ।

भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आए पनि चाडपर्वलाई लक्षित गर्दै निगमले मूल्यलाई यथावत राखिएको जनाएकाे छ ।

आईओसीले पठाएको मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ २९ पैसा र डिजेलको मूल्य ३ रुपैयाँ ४६ पैसाले बढेर आए पनि चाडपर्व नजिकिएका कारण यसपटक मूल्यलाई यथावत राखिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

आईओसीले प्रत्येक १५ दिनमा नयाँ मूल्यसूची पठाउँछ। उक्त सूची अनुसार निगमले नेपालका लागि मूल्य निर्धारण गर्दै आएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र ३०, सोमबार १४:५३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP