काठमाडौँ । २०८२ साल आश्विन १ गते बुधबार । तदनुसार १७ सेप्टेम्बर २०२५ एकादशी तिथी ४८ घडी ४४ पला उप्रान्त द्वादशी तिथी प्रारम्भ हुनेछ । पुनर्बशु नक्षत्र ०९ घडी २२ पला उप्रान्त तिष्य नक्षत्र प्रारम्भ हुनेछ । पद्म योग बब करण आज बिहान सूर्योदय ५:५० मा भयो भने सूर्यास्त साँझ ६:०४ मा हुनेछ। आज बुधबार चन्द्रमा कर्कट राशिमा
मेष राशि
बाेलीको प्रभाव बढेर जानेछ । मिष्ठान्न भोजनको अवसर जुट्नेछ । मित्रजनबाट सहयोग मिल्नेछ। लेखन शैलीमा तीव्रता आउने छ। धार्मिक क्षेत्रको भ्रमण गर्नुका साथै प्रेम गर्ने अवसर जुट्नेछ ।
वृष राशि
आयमा कमी आउनेछ । बोलीमा कठोरता आउनुका साथै खर्चको मात्रा बढेर जानेछ। शारीरिक साधनबाट जोगिनुपर्नेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ ।
मिथुन राशि
वैदेशिक कार्यमा सफलता पाइने योग छ । आर्थिक क्षेत्रमा वृद्धि भएर जानेछ। सौन्दर्यमा मन जानेछ । तरल पदार्थसम्बन्धी कामबाट मनग्य लाभ लिन सकिने योग छ।
कर्कट राशि
पैत्रिक सम्पत्तिमा वादविवादको सामना गर्नुपर्नेछ । व्यवसायमा घाटा बेहोर्नु पर्नेछ। झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ। स्वास्थ्यमा उत्तरचढाव आउनाले मानसिक तनाव बढेर जानेछ ।
सिंह राशि
व्यापार व्यवसायबाट सफलता प्राप्त हुने योग छ । जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। लामो समयदेखि चल्दै आएको विवाद दाजुभाइको सहयोगले अन्त्य भएर जाने देखिन्छ।
कन्या राशि
चोटपटकको सम्भावना बढेर गएकाले सवारी साधनबाट जोगिनुपर्नेछ । बोलीमा कठोरता आउने देखिन्छ । न्यायिक कार्यमा बाधा आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ ।
तुला राशि
मानसम्मान पाइने योग छ । पारिवारिक मेलमिलाप बढेर जानेछ। वैदेशिक कार्यबाट राम्रै आम्दानी गर्न सकिनेछ। प्रशासनिक कार्यमा सफलता प्राप्त हुनाले मनमा खुसी छाउनेछ।
वृश्चिक राशि।
दाजुभाइको सरसहयोगले लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ। व्यवसायमा सुधार हुने देखिन्छ । पठनपाठनमा वृद्धि हुनाले मनमा उत्साह बढेर जानेछ।
धनु राशि
सामाजिक कार्यमा अवसर पाइनेछ। पतिपत्नीबीच माधुर्यता छाउनेछ। लेखन शैलीमा तीव्रता आउनेछ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। प्रेम गर्ने अवसर मिल्नेछ ।
मकर राशि
स्वास्थ्यमा गडबढ आउने हुँदा खानपानमा विचार पुर्याउनुहोला । सवारी साधनबाट जोगिनुपर्नेछ । आर्थिक क्षेत्रमा ह्रास आउनुका साथै सञ्चित धनको नाश हुने देखिन्छ ।
कुम्भ राशि
रमाइलो यात्राको योग रहेको छ। बोलीमा मिठास छाउनेछ। अध्ययन अध्यापनमा सफलता प्राप्त हुनुका साथै हराएको धनमालसमेत भेटिने सम्भावना बढेर गएको छ।
मीन राशि
शैक्षिक क्षेत्रमा सफलता पाइने योग छ । न्यायिक कार्यमा तपाईंकै जित हुने देखिन्छ । जग्गा जमिनसम्बन्धी काममा सफलता प्राप्त हुने देखिन्छ । माङ्गलिक कार्यमा सहभागी भइनेछ।
प्रतिक्रिया