• २०८३ असार ३१ | Wed, 15 Jul 2026

२०८२ असाेज ९ गतेः यस्ताे छ आजकाे राशिफल

२०८२ असाेज ९ गतेः यस्ताे छ आजकाे राशिफल

काठमाडौँ। २०८२ साल आश्विन ९ गते बिहीबार । तदनुसार २५ सेप्टेम्बर २०२५ चतुर्थी तिथी ६० घडी ०० पला चतुर्थी तिथी प्रारम्भ हुनेछ । स्वाति नक्षत्र ३० घडी १० पला उप्रान्त बिशाषा नक्षत्र प्रारम्भ हुनेछ । बैभव योग बब करण आज बिहान सूर्योदय ५:५४ मा भयो भने सूर्यास्त साँझ ५:५५ मा हुनेछ। आज बिहीबार चन्द्रमा तुला राशिमा

मेष राशि
अधुरा काम पूरा भएर जानेछन् । मन चञ्चल भएर जानेछ। सौन्दर्यतामा मन जानेछ। फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ। पठनपाठनमा सफलता मिल्ने देखिन्छ ।

वृष राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ। साझेदारी काममा वादविवादको सामना गर्नुपर्ने देखिन्छ। गरिरहेको काममा ह्रास आउनुका साथै विश्वास गरेकाबाट धोका पाइने योग छ।

मिथुन राशि
दौडधुपमा समय व्यतीत भएर जानेछ। अनावश्यकरूपमा मुद्दा मामिलामा फस्ने योग छ। स्वास्थ्यसम्बन्धी समस्याले सताउनुका साथै साथीभाइबाट धोका पाइनेछ।

कर्कट राशि
परिवारमा नयाँ कार्यको थालनी हुनेछ। बोलीमा मिठास छाउनेछ। अध्ययन अध्यापनमा सफलता पाइनुका साथै जागिरमा पदोन्नति भएर जानाले सबैको प्यारो बनिनेछ।

सिंह राशि
लेखन शैलीमा तिव्रता आउनेछ। पराक्रममा वृद्धि भएर जाने देखिन्छ। सामाजिक काममा सफलता पाइनुका साथै धनमालसमेत जोडिन सक्ने सम्भावना बढेर गएको छ।

कन्या राशि
आकस्मिकरूपमा स्वास्थ्यमा उतारचढाव आउने हुँदा खानपानमा विचार पुर्‍याउनुहोला। झुटा आरोपको सामना गर्नुपर्नेछ । गरिरहेको काममा बाधा आउने देखिन्छ।

तुला राशि
जग्गा जमिनसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ । राजनीतिक क्षेत्रबाट सफलता प्राप्त गरिनेछ। काममा भएको लगनशीलताले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ।

वृश्चिक राशि
दाजुभाइमा अनावश्यकरूपमा झैझगडाको सामना गर्नुपर्नेछ। बोलीमा कठोरता आउने छ। पारिवारिक समस्याले सताउनुका साथै आफन्तमा समेत बैरभाव आउने देखिन्छ। सजगताका साथ अगाडि बढ्नुहोला।

धनु राशि
अधुरा काम पूरा हुनुका साथै नयाँ काम पाइने योग छ। भोजभतेरमा सहभागी हुने अवसर जुट्नेछ। लामो समयदेखि फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ।

मकर राशि
खर्चको मात्रा बढेर जाने देखिन्छ। गरिरहेको काममा बाधा आउनेछ। चोटपटकको सम्भावना बढेर गएको छ। राज्यपक्षबाट कष्टता पाइने हुँदा बोल्दा विचार पुर्याउनुपर्ने देखिन्छ।

कुम्भ राशि
चोटपटकको सम्भावना रहेकाले सवारीसाधनबाट जोगिनुपर्नेछ। धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ। मुद्दा मामिलामा फसिन सक्ने सम्भावना बढेर गएको छ।

मीन राशि
शेयर बजारबाट राम्रो आम्दानी गर्न सकिनेछ। पारिवारिक सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ। फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ९, बिहीबार ०१:२७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP