• २०८३ असार ३२ | Thu, 16 Jul 2026

दशैंका लागि काठमाडौंबाट ६ लाख ११ हजार ६५७ जना बाहिरिए

दशैंका लागि काठमाडौंबाट ६ लाख ११ हजार ६५७ जना बाहिरिए

​काठमाडौं । दशैंको घटस्थापनादेखि आजसम्मको अवधिमा ६ लाख ११ हजार ६५७ जनाले काठमाडौं छाडेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज ६ गते घटस्थापना शुरू भएको दिनदेखि आजसम्म सो सङ्ख्यामा यात्रु विभिन्न नाकाबाट काठमाडौंबाट बाहिरिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा मात्रै ५८ हजार ३९६ जनाले काठमाडौं उपत्यका छाडेका छन् । विशेषगरी कोटेश्वर, कलङ्की, बल्खु, नयाँ बसपार्क, जगातीलगायतका नाकामा यात्रुको भीड देखिएको छ ।

दशैं शुरू भएसँगै काठमाडौं उपत्यका छाड्ने नागरिकको सङ्ख्या तीव्ररुपमा बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्र १३ हजार ३२६ यात्रुवाहक सवारी साधन उपत्यकाबाट बाहिरिएका ट्राफिक प्रहरी कार्यालय काठमाडाैंले जनाएकाे छ ।

घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकाबाट बाहिरिएका सवारी साधनको सङ्ख्या एक लाख १३ हजार ४१५ पुगेको छ । काठमाडौं उपत्यकामा ७७ हजार ५४५ सवारी साधनबाट तीन लाख १९ हजार १५ जना आजसम्म भित्रिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १५, बुधबार ११:३७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP