काठमाडाैं । २०८२ साल आश्विन २२ गते बुधबार, तदनुसार ८ अक्टोबर २०२५ प्रतिपदा तिथी ३ घडी ४३ पला द्वितीया तिथी प्रारम्भ हुनेछ। अस्विनी नक्षत्र ५० घडी ५४ पला उप्रान्त भरणी नक्षत्र प्रारम्भ हुनेछ। ब्याघात योग कौलव करण आज बिहान सूर्योदय ६ बजे भयो भने सूर्यास्त साँझ ५:४० मा हुनेछ। आज बुधबार चन्द्रमा मेष राशिमा
मेष राशि
आयमा कमी विद्यामा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ। पैत्रिक सम्पत्तिमा मनमुटाव आउनेछ। अनावश्यक खर्चको मात्रा बढेर जानेछ। प्रेमीप्रेमिकाबीच मनमुटाव छाउने छ।
वृष राशि
व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ । शैक्षिक क्षेत्रमा सुधार भएर जानेछ। कृषि तथा चौपायाबाट मनग्य लाभ मिल्नाले मनमा उत्साह बढेर जानेछ ।
मिथुन राशि
लामो दूरीको यात्राको योग रहेको छ । शत्रुपक्षबाट जोगिनुपर्ने देखिन्छ। वैदेशिक काममा खर्चको मात्रा बढेर जानेछ। विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ।
कर्कट राशि
पारिवारिक कलह बढेर जानेछ । मुद्दा मामिलामा फसिने योग छ। स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ । मानसम्मानमा आघात पुग्ने देखिन्छ । आफन्तमा बहिरभाव आउनेछ।
सिंह राशि
अधुरा काम पूरा भएर जानेछन् । स्वास्थ्यमा सुधार भएर जाने देखिन्छ धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन्।
कन्या राशि
प्राविधिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। विद्यामा सफलता पाइनेछ। लामो समयदेखि रोकिएका कामहरु पूर्ण सञ्चालनमा आउनाले मनमा उत्साह उमङ्ग बढेर जाने देखिन्छ ।
तुला राशि
स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ । न्यायिक कार्यमा बाधा आउने छ । विश्वास गरेका जनहरूबाट धोका पाइने योग छ । धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ।
वृश्चिक राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। मातृ स्वास्थ्यमा गडबढ आउने योग छ। लेखन शैलीमा कमी आउने देखिन्छ। परिवारमा असामान्य विवाद बढेर जाने देखिन्छ ।
धनु राशि
आयमा वृद्धि कार्यमा प्रगति हुनाले सबैको प्यारो बनिनेछ। साझेदारी काममा सफलता मिल्ने देखिन्छ । धार्मिक क्षेत्रमा अग्रता पाइने योग छ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ।
मकर राशि
शैक्षिक क्षेत्रमा सुधार भएर जानेछ । आकस्मिकरूपमा धनमाल जोडिने योग छ। आयमा वृद्धि भएर जानेछ। काममा भएको लगनशीलताले सबैको प्यारो बनिनेछ।
कुम्भ राशि
विद्यामा बाधा आयमा कमी आउनाले मनमा चिन्ता बढेर जानेछ। लेखन शैलीमा ह्रास आउनेछ । दाजुभाइमा अनावश्यकरूपमा कलह बढेर जानाले मनमा चिन्ता बढेर जानेछ।
मीन राशि
फलामसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ । मान्यजनको साथ सहयोग पाइने योग छ। स्वास्थ्यमा सुधार भएर जानेछ । मानसम्मान पाइने योग छ।
प्रतिक्रिया