काठमाडौँ। दशैं बिदापछि आइतबारदेखि उकालाे लागेकाे सुनकाे मूल्य आज पनि बढेकाे छ।
नेपाली बजारमा सुनकाे मूल्य आइतबार एकै दिन ७ हजार ४०० ले बढेकाे थियाे । साेमबार २ हजार ५०० ले बढेर नयाँ बिन्दुमा पुगेकाे सुन मंगलबार पनि २ हजार ३०० ले बढ्याे ।
आज २ हजार ६०० ले बढ्दै सुन पुनः उच्चबिन्दुमा पुगेकाे छ । याे उच्च बृद्धिसँगै सुनकाे भाउले अहिलेसम्मकै नयाँ रेकर्ड बनाएकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सार्वजनिक गरेको मूल्यअनुसार छापावाल सुन तोलामा २ लाख ३८ हजार रुपैंयाँ कायम भएकाे छ।
यसअघि आइतबार छापावाल सुन तोलामा २ लाख ३० हजार ६ सय रुपैयाँ र साेमबार २ लाख ३३ हजार एक सय रुपैंयाँ कायम भएको थियो । मंगलबार २ लाख ३५ हजार चार सय कायम थियाे ।
यस्तै चाँदीको मूल्य भने आज घटेकाे छ। आज तोलामा ५ रुपैयाँले घटेर चाँदी २ हजार ९५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रतिक्रिया