• २०८३ भाद्र १७ | Wed, 02 Sep 2026

२०८२ असाेज ३० गते बिहीबारः यस्ताे छ आजकाे राशिफल

२०८२ असाेज ३० गते बिहीबारः यस्ताे छ आजकाे राशिफल

काठमाडौँ । २०८२ साल असाेज ३० गते बिहीबार । तदनुसार १६ अक्टोबर २०२५ । दशमी तिथी १९ घडी २२ पला एकादशी तिथी प्रारम्भ हुनेछ । अत्लेषा नक्षत्र २६ घडी ३२ पला उप्रान्त मेघा नक्षत्र प्रारम्भ हुनेछ । साध्य योग बब करण आज बिहान सूर्योदय ६:०५ मा भयो भने सूर्यास्त साँझ ५:३२ मा हुनेछ। आज बिहीबार चन्द्रमा कर्कट राशिमा

मेष
प्रभावशाली र ठूला मानिसको सहयोग जुटाउन सकिन्छ। आमाको सहयोगबाट फाइदा मिल्नेछ। सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिने छ। भूमि तथा मातृधनबाट लाभ लिने समय छ। विगतका कमजोरीलाई सुधार गर्ने मौका छ।

बृष
पढाइलेखाइमा ध्यान केन्द्रित हुन सक्दैन। मनमा कल्पना र भावनाले डेरा जमाउने छ। मनोरञ्जन र खेलवाडले लक्ष्य प्राप्तिमा कठिनाइ उत्पन्न गर्नेछ। आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् ।

मिथुन
काममा विघ्नबाधा आउन सक्छन् । आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ। प्रशंसकहरूले पनि आलोचना गर्न सक्छन् । मान–सम्मानमा आघात पर्ने देखिन्छ। परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ।

कर्कट
नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यवसायिक यात्राको सम्भावना छ। दाम्पत्य जीवनमा रमाइलो रहने छ। आम्दानी प्रशस्तै बढ्नेछ ।

सिंह
प्रयत्न गरे पनि परिश्रम निरर्थक हुनेछ। आश्वासन बाँड्नेको भर पर्नु हुँदैन, झुक्याउन सक्छन् । व्यवसायिक काममा खर्च बढ्नेछ । सवारीमा सावधानी अपनाउनुहोला । मुख्य काममा बाधा हुने देखिन्छ।

कन्या
व्यवसायिक यात्राको सम्भावना छ। व्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ। वैदेशिक यात्रा पनि लाभदायक रहने छ। समय मनोरञ्जनपूर्ण छ। तर जुनसुकै काममा सफलता आर्जन गर्न प्रतिस्पर्धा गर्नुपर्ने समय छ ।

तुला
अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ। मित्रवर्ग र बन्धुवान्धवबाट सहयोगको अपेक्षा गर्न सकिन्छ। देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ।

बृश्चिक
नियमित काममा बाधा पुग्न सक्छ। दिगो आम्दानी हुने काम फेला पार्न सकिने छ।स्वास्थ्यप्रति सतर्क रहनु पर्छ। अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ वा सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहने छ।

धनु
नयाँ कामको प्रस्ताव आउन सक्छ। बोलीवचनमा सुमधुरताको आगमन हुनेछ । मनमा उत्साह र उमङ्गको कमी हुनेछैन । लेनदेन र व्यापार व्यवसायमा अभिबृद्धि हुनेछ। मानसम्मान र प्रतिष्ठा बढ्ने छ ।

मकर
परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ। बिग्रन लागेको काम पनि अन्त्यमा सफल भई छाड्ने छ। मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ।

कुम्भ
गरेका कामबाट प्रशस्त लाभ हुने समय छ। समय उत्साहबर्द्धक रहला । व्यापारमा प्रशस्त फाइदा हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।

मीन
गरेका कामबाट प्रशस्त लाभ हुने समय छ। समय उत्साहबर्द्धक रहला । व्यापारमा प्रशस्त फाइदा हुनेछ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ३०, बिहीबार ००:५६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP