• २०८३ असार ३१ | Wed, 15 Jul 2026

२०८२ कात्तिक ४ गतेः यस्ताे छ आजकाे राशिफल

२०८२ कात्तिक ४ गतेः यस्ताे छ आजकाे राशिफल

काठमाडौँ । २०८२ साल कात्तिक ४ गते मंगलबार तदनुसार २१ अक्टोबर २०२५ । औंशी तिथी २५ घडी ५३ पला प्रतिपदा तिथी प्रारम्भ हुनेछ । चित्रा नक्षत्र ४१ घडी ३१ पला उप्रान्त स्वाति नक्षत्र प्रारम्भ हुनेछ । बिष्कुम्भ योग किम्स्तुघ्न करण आज बिहान सूर्योदय ६:०८ मा भयो भने सूर्यास्त साँझ ५:२७ मा हुनेछ। आज मंगलबार चन्द्रमा कन्या राशिमा ।

मेष राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ । झुटा आरोप लाग्ने योग छ । धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ। विपरीत लिङ्गीबाट जोगिनुपर्ने देखिन्छ ।

वृष राशि
मातृ स्वास्थ्यमा कष्टता पाइने योग छ । बोलीमा आएको कठोरताले हकमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ। दाजुभाइमा कलह बढेर जानेछ।

मिथुन राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ। बोलीमा मिठास छाउनेछ। कार्यमा सफलता मिल्ने देखिन्छ । नयाँ साथीको आगमनले मनमा उत्साह बढेर जानेछ।

कर्कट राशि
अधुरा कामहरू पूरा भएर जानेछन् । प्रेमी-प्रेमिकाबीच माधुर्यता छाउनेछ। अनावश्यकरुपमा धनलाभ मिल्नाले मनमा उत्साह उमङ्ग बढेर जाने देखिन्छ । मिष्ठान भोजनको अवसर जुट्नेछ ।

सिंह राशि
बाेलीमा कठोरता आउनेछ । आयआर्जनमा कमी आउनुका साथै विश्वास गरेका साथीभाइबाट आलोचित हुनुपर्नेछ । सञ्चित धनको नाश हुनाले मनमा चिन्ता बढेर जानेछ।

कन्या राशि
पराक्रम बढेर जानेछ । मिष्ठान भोजनको अवसर जुट्नेछ। तरल पदार्थबाट राम्रै आम्दानी गर्न सकिनेछ। लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ।

तुला राशि
साथीभाइबाट प्राप्त अपहेलनाले मनमा चिन्ता बढेर जानेछ। अनावश्यक वादविवाद बढेर जानेछ । शारीरिक आलस्यता बढेर जाने देखिन्छ । पठनपाठनमा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ।

वृश्चिक राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । आफन्तको सरसहयोग पाइने देखिन्छ । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । काममा भएको लगनशीलताले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ।

धनु राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ। लेखन शैलीमा कमी आउनेछ। दाजुभाइमा कलह बढेर जानेछ। विश्वास गरेका जनहरूबाट धोका पाउनाले मनमा चिन्ता बढेर जानेछ।

मकर राशि
आयमा कमी आउने देखिन्छ । शैक्षिक क्षेत्रमा बाधा आउनेछ। लामो समयदेखि गर्दै आएको काममा अपहसको सामना गर्नुपर्दा मानसिक तनाव बढेर जाने देखिन्छ ।

कुम्भ राशि
अधुरा कामहरू पुरा भएर जानेछ। शत्रु पक्षबाट तपाईंकै जीत हुने देखिन्छ। वैदेशिक कार्यमा सहभागी हुने अवसर मिल्नाले मनमा खुसी छाउनेछ । भोजवादनमा सहभागी भइनेछ।

मीन राशि
पारिवारिक सरसहयोगले रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ । पराक्रममा बृद्धि भएर जाने देखिन्छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक ४, मंगलवार ०१:०६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP