• २०८३ असार ३१ | Wed, 15 Jul 2026

सुनको मूल्य ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। तिहारपछि खुलेको बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य प्रतितोला ११ हजार ६ सयले घटेको हो। यससँगै २ लाख ४१ हजार ९ सय कायम भएको छ।

दशैंपछि सुनको मूल्य ह्वात्तै बढेको थियो। यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। २६५ रुपैयाँ प्रतितोला घटेर आज चाँदीको मूल्य ३ हजार १५ रुपैयाँ कायम भएको छ।

दशैं बिदापछि सुनकाे भाउ कहिले कति ?
गत असाेज १९ गतेदेखि निरन्तर उकालाे लागेकाे सुनकाे मूल्य गत असाेज २४ गते घटेकाे थियाे । २५ गते पुनः बढेकाे भए पनि २६ गते स्थिर रहेकाे थियाे। असाेज २७ गतेदेखि बढेकाे सुनकाे मूल्य २८ गते एकै दिन ८ हजार १०० ले बढ्याे। २९ गते चार सयले बढेकाे सुन ३० गते दुई हजारले बढेकाे थियाे ।

नेपाली बजारमा सुनकाे मूल्य असाेज १९ गते एकै दिन ७ हजार ४०० ले बढेकाे थियाे । असाेज २० गते २ हजार ५०० ले बढेर नयाँ बिन्दुमा पुगेकाे सुन २१ गते २ हजार ३०० ले बढ्याे । २२ गते २ हजार ६०० ले बढ्दै सुन पुनः उच्चबिन्दुमा पुगेकाे थियाे । २३ गते मूल्य बढ्दै २ लाख ३९ हजार दुई सय रुपैंयाँ कायम भयाे । तर असाेज २४ गते भने एकैपटक ४ हजार २०० ले घटेर २ लाख ३५ हजार कायम भएकाे सुन गत २५ गते पुनः तीन हजारले बढेकाे थियाे ।

यसअघि असाेज १९ गते आइतबार छापावाल सुन तोलामा २ लाख ३० हजार ६ सय रुपैंयाँ र साेमबार २ लाख ३३ हजार एक सय रुपैंयाँ कायम भएको थियो । असाेज २१ गते २ लाख ३५ हजार चार सय कायम थियाे भने २२ गते २ लाख ३८ हजार रुपैंयाँ कायम भएकाे थियाे । २३ गते मूल्य बढ्दै २ लाख ३९ हजार दुई सय रुपैंयाँ कायम भएकाे सुन २४ गते भने २ लाख ३५ हजार रुपैंयाँमा झर्याे ।

२५ गते शनिबार बढेर २ लाख ३८ हजार रुपैंयाँ कायम भएकाे थियाे। असाेज २६ गते आइतबार स्थिर भएकाे सुनकाे भाउ २७ गते पुनः बढ्याे भने २८ गते पनि बढ्दै प्रतिताेला २ लाख ४८ हजार ५०० पुगेकाे थियाे। २९ गते २ लाख २४ हजार ९ सय र ३० गते पनि बढेर उच्च बिन्दुमा पुगेकाे थियाे । यस दिन २ लाख ५० हजार ९ सय कायम भयाे । असाेज ३१ गते २ लाख ५८ हजार पुगेकाे सुनकाे मूल्य कात्तिक २ गते भने घटेर २ लाख ५३ हजार २०० कायम भएकाे थियाे । ३ गते ३०० ले बढेर २ लाख ५३ हजार ५०० कायम भएकाे छ।

यसरी दशैंकाे बिदा शुरु हुँदा असाेज १२ गतेदेखि तिहारकाे बिदा शुरु हुँदा कात्तिक ३ गतेसम्म आइपुग्दा सुन ३० हजार ३०० ले बढेकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक ९, आईतवार ०५:३०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP