काठमाडौँ। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मंसिरमा महाधिवेशन गर्न सकिँदैन भन्न नमिल्ने बताउनुभएकाे छ ।
नेता भण्डारीले कांग्रेस संस्थापन पक्षतर्फ लक्षित गर्दै सामाजिक सञ्जालमा यस्तो बताउनुभएकाे हाे । उहाँले एमालेले महाधिवेशन गर्ने तर राष्ट्रिय मुद्दाको नेतृत्व गरेको कांग्रेसले गर्न नसक्ने भन्ने नहुने प्रष्ट पार्नुभयाे ।
नेता भण्डारीले फेसबुकमा लेख्नुभएकाे छ, ‘तत्कालीन सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारीमा छ। कांग्रेसले राष्ट्रिय मुद्दाको नेतृत्व गर्न अग्रसरता पनि नदेखाउने र आफ्नो अधिवेशन पनि गर्न सकिँदैन भन्न मिल्दैन ।’
पछिल्लो समय देशमा देखा परेका राष्ट्रिय समस्या समाधानमा केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ । ‘संवेदनशील घडीमा अनुभव, जिम्मेवार र परिपक्व निर्णय अत्यावश्यक हुन्छ । कांग्रेसले आफू भित्रको द्वन्द्व बाहिर ल्याउँदा जनतामा निराशा र देशमा अन्यौलता बढाउँछ। कांग्रेस आफ्नो जिम्मेवारपूर्ण इतिहासको निरन्तरताबाट बाहिरिन मिल्दैन ।’ नेता भण्डारीले भन्नुभएकाे छ ।

प्रतिक्रिया