• २०८३ असार ३१ | Wed, 15 Jul 2026

जेनजीहरूको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ३० पुग्याे

जेनजीहरूको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ३० पुग्याे

काठमाडौं । भदाै २३ र २४ मा भएकाे जेनजीहरूको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ३० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आन्दोलनका क्रममा घाइते भएका २५३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मन्त्रालयका अनुसार आन्दोलनमा एक हजार ३३ जना घाइते भएका छन् । मन्त्रालयका अनुसार घाइतेहरूको विभिन्न २८ वटा अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये ७ सय १३ जना उपचारपछि डिस्चार्ज भइसकेका मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै ४ सय ३६ जना घाइतेहरू ल्याइएको निजामती अस्पतालबाट ३ सय ४४ जना उपचारपछि घर फर्किएका छन् । ६ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

त्यस्तै १ सय ६१ जना ल्याइएको ट्रमा सेन्टरमा ५८ जना उपचाररत रहेका छन् । ८ जनाको मत्यु भइसकेको छ । उता भेरी अस्पताल नेपालगञ्जमा २८ जना उपचारका लागि आएका थिए । जसमा ५ जनाको मृत्यु भएको छ ।

घाइतेहरू ल्याइएका अन्य बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जना, फ्रन्टलाइन अस्पतालमा ३, शिक्षण अस्पतालमा १, केएमसीमा २ र एभरेस्ट अस्पतालमा ३ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २५, बुधबार १५:३६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP