• २०८३ असार ३१ | Wed, 15 Jul 2026

कांग्रेसका १०० बढी महाधिवेशन प्रतिनिधिद्वारा विशेष महाधिवेशन माग

कांग्रेसका १०० बढी महाधिवेशन प्रतिनिधिद्वारा विशेष महाधिवेशन माग

काठमाडौँ । नेपाली कांग्रेसका १०० भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन माग गरेका छन् ।

उनीहरूले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको विज्ञप्तिमा विगतमा भएका गल्तीका लागि जनतासँग क्षमा माग्दै नयाँ दिशातर्फ पार्टीलाई अघि बढाउन विशेष महाधिवेशन बाहेक अर्को विकल्प नरहेको उल्लेख गरेका छन् ।

पार्टीका पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरे, पूर्वसांसद जनक गिरी, महाधिवेशन प्रतिनिधिहरु देवराज चालिसे, नारायणप्रसाद भट्टराई, तारानाथ दाहाल, कृष्ण रिजाल, विनोद खनाल, टेकराज पौडेल, उज्ज्वल बराल, रामपल्टन शाह, रुद्र कान्दडवा, कुमार लुइटेललगायत १०० भन्दा बढीले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

“पार्टी र पार्टीसँग आबद्ध सबै संगठनहरूको व्यापक पुनर्गठन विशेष महाधिवेशनबाट मात्र सम्भव छ। वर्तमान राजनीतिक परिस्थितिको गम्भीरतालाई ध्यानमा राख्दै कांग्रेसलाई समयसापेक्ष, लोकप्रिय, प्रभावकारी र सुदृढ बनाउन तथा सच्चिएर नयाँ तरिकाले आएको सन्देश दिन विषेश महाधिवेशन अपरिहार्य बनेको छ।” विज्ञप्तिमा भनिएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ६, सोमबार १५:०९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP