काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित नवनिर्मित संसद हलमा बिहीबार दिउँसो २ बजेका लागि राखिएकाे कार्यक्रममा प्रतिनिधिसभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभयाे ।

नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले राष्ट्रपति रामचन्द्र पौडेलबाट बुधबार पद तथा गोपनीयताको शपथ लिनुभएकाे थियाे । सभामुख र उपसभामुखकाे चयन नभइसकेकाे अवस्थामा संसद बैठक जेष्ठ सदस्यले संचालन गर्ने संवैधानिक व्यवस्था छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।

प्रतिक्रिया