• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

सर्वोच्च अदालतले आइतबारदेखि नियमित सुनुवाइ शुरु गर्ने (विज्ञप्तिसहित)

सर्वोच्च अदालतले आइतबारदेखि नियमित सुनुवाइ शुरु गर्ने (विज्ञप्तिसहित)

काठमाडौँ । सर्वोच्च अदालतले भदौ २९ गते आइतबारदेखि बन्दीप्रत्यक्षीकरणसहित अन्य नियमित सुनुवाइ शुरु गर्ने जनाएको छ।

बिहीबारको आकस्मिक फूलकोर्टले आइतबारदेखि बन्दीप्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाइ कार्य प्रारम्भ गर्ने निर्णय गरेको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आज विज्ञप्ति जारी गर्दै जानकारी दिए।

भदौ २३ र २४ गते भएको घटनाका क्रममा मृत्युवरण गर्न पुगेका नेपाली नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै प्रधानन्यायाधीश राउतले घटनाका क्रममा घाइते भएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

साथै उनले आगजनी र नष्ट हुनबाट जोगिएका जनताको सम्पत्तिको रुपमा रहेका अदालतका मिसिल कागजातहरु र भौतिक स्रोत साधनको संरक्षणमा खट्नु हुने न्यायाधीशहरु, कर्मचारीहरु, कानुन व्यवसायीहरु, कानुनका विद्यार्थीहरु, सुरक्षाकर्मीहरु एवं सर्वसाधारण नागरिकहरुप्रति हार्दिक धन्यवाद प्रकट गरेका छन्।

उनले नेपालको न्यायिक इतिहासका महत्वपूर्ण दस्तावेजहरु करिब-करिब नष्ट हुन गएको उल्लेख गरेका छन्।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २६, बिहीबार १२:४२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP