सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मेलम्ची नगर कमिटीको अधिवेशन मेलम्चीमा आज सम्पन्न भएको छ ।
केन्द्रीय सदस्य दइन्द्रबहादुर ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अधिवेशनले रामशरण महरालाई राप्रपा मेलम्ची नगर कमिटीको अध्यक्षमा निर्वाचित गरेको छ । अधिवेशनबाट २७ सदस्यीय नयाँ नगर कमिटी पनि चयन भएको क्षेत्रीय सचिव देवराज गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य उदय सापकोटा, गोपाल श्रेष्ठ, पूर्वजिल्ला अध्यक्ष, प्रदेश सांसद कुमारी तामाङ, जिल्ला अध्यक्ष निलध्वज थापा तथा केन्द्रीय सदस्य जयप्रकाश गुरागाईंको उपस्थितीमा अधिवेशन सम्पन्न गरिएको थियो।
नेताहरूले राप्रपालाई आगामी दिनमा झनै मजबुतरूपले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
प्रतिक्रिया