• २०८३ असार ३१ | Wed, 15 Jul 2026

एमाले ११औँ राष्ट्रिय महाधिवेशनकाे अध्यक्ष ओलीद्वारा उद्घाटन

एमाले ११औँ राष्ट्रिय महाधिवेशनकाे अध्यक्ष ओलीद्वारा उद्घाटन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी -एमालेको ११औँ राष्ट्रिय महाधिवेशनकाे उद्घाटन गरिएकाे छ।

आज भक्तपुरको सल्लाघारीमा आयोजित महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयाे ।

कार्यक्रममा झाँकी प्रदर्शन गरिएको थियाे । विभिन्न ठाउँबाट निस्किएको नेवार, मगर, शेर्पालगायत विभिन्न जातजातिको झाँकी भक्तपुरको सल्लाघारीस्थित मञ्चमा पुगेको थियो ।

झाँकी पञ्चेबाजा नौसिङ्गे बाजागाजासहित विभिन्न वेशभूषासहित भक्तपुरका विभिन्न ठाउँबाट निस्किएका थिए । महाधिवेशन मङ्सिर २९ गतेसम्म सञ्चालन हुनेछ ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर २७, शनिबार ०९:३३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP