काभ्रे । प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहँदा काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जीत निकालेकाे छ ।
यहाँ रास्वपाका उम्मेदवार मधुकुमार चौलागाईं २९ हजार ६१८ मतका साथ विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गुणराज मुक्तानले १९ हजार १६६ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार दिनानाथ गौतम १४ हजार १८४ मतका साथ तेस्रो स्थानमा रहँदा एमालेका अमित लामाले १३ हजार ८१४ मत पाएका छन्। यहाँ उज्यालाे नेपालका याेगेन्द्र लामाले ७ हजार ४०३ मत पाए ।
काभ्रे क्षेत्र नम्बर २ मा यसअघि नै रास्वपाका बदन भण्डारी विजयी भइसकेका छन् ।
बिहीबार भएकाे मतदानमा काभ्रेमा १ लाख ९७ हजार ३४१ मत खसेकाे थियाे । जम्मा ३ लाख २६ हजार ६११ मतदाता रहेकाे जिल्लाकाे क्षेत्र नम्बर १ मा १ लाख ६१ हजार १०० मतदाता रहेका थिए । यस क्षेत्रमा ९१ हजार १२८ मत खसेकाे छ ।
यस्तै क्षेत्र नम्बर २ मा कूल १ लाख ६५ हजार ५११ मतदाता रहेका थिए । यहाँ १ लाख ६ हजार २१३ मत खसेकाे थियाे ।
प्रतिक्रिया