काठमाडौँ । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिवेदन पेस गरेका हुन् ।
सो अवसरमा राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितीमा पनि मन, वचन र कर्मले अहोरात्र लागि परेर निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुसी प्रकट गरेका थिए । उनले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारीसहित सम्बद्ध सबै पक्षलाई धन्यवाद व्यक्त गरे।
‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष निर्वाचन आयोगका माननीय कार्यवाहक प्रमुख निर्वाचन आयुक्त श्री रामप्रसाद भण्डारीले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम “प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ निर्वाचन परिणाम सहितको प्रतिवेदन” पेश गर्नुभयो।’-राष्ट्रपति भवनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया