काठमाडौँ । निर्वाचन आयोगको निर्णयविरुद्ध नेपाली कांग्रेसको देउवापक्षले आइतबार सर्वोच्च अदालत जाने निर्णय गरेको छ ।
आज बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले माघ २ गते आयोगले गरेको निर्णय नेपालको संविधान, प्रचलित कानुन र कांग्रेसको विधान विपरीत रहेको ठहर गरेको गर्दै सर्वोच्च अदालत जाने निर्णय गरेको हाे ।
आयोगको निर्णयविरुद्ध कानुनी लडाइँसँगै राजनीतिकरूपमा पनि सशक्त प्रतिवाद गर्ने देउवापक्षकाे तयारी छ ।
निर्वाचन आयोगले आफूलाई नबोलाइ कथित विशेष महाधिवेशनको वैधानिकता र उपस्थित सङ्ख्यासमेत जाँच नगरी एकतर्फी निर्णय गरेको बैठकले निष्कर्ष निकालेकाे छ ।
प्रतिक्रिया