• २०८३ असार ३१ | Wed, 15 Jul 2026

काभ्रेमा ५ हजार ५६५ मतदाता थपः असाेज १० देखि मंशिर चारसम्म कुन दिन कति थपिए ? (सूचीसहित)

काभ्रेमा ५ हजार ५६५ मतदाता थपः असाेज १० देखि मंशिर चारसम्म कुन दिन कति थपिए ? (सूचीसहित)

धुलिखेल । काभ्रेमा ५ हजार ५६५ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय काभ्रेले दिएकाे पछिल्लाे तथ्यांक अनुसार गत असाेज १० देखि मंशिर ४ गतेसम्म साे संख्यामा मतदाता थपिएका हुन् ।

जिल्लामा अघिल्लो निर्वाचनमा प्रतिनिधि सभाका २ वटा निर्वाचन क्षेत्र र प्रदेश सभाका चार क्षेत्र विभाजन गरिएकाे थियाे । अहिले पनि साेही संख्यामा क्षेत्रहरु छन् ।

३ लाख ७५ हजार २ सय २१ जनसंख्या रहेको काभ्रेपलाञ्चोक जिल्लामा असाेज १० गतेसम्म ३ लाख १२ हजार ३ सय १६ मतदाता थिए । जसमा पुरुषकाे संख्या १ लाख ५९ हजार २०५, महिलाकाे संख्या १ लाख ५३ हजार ११० र अन्य २ जना रहेकाे तथ्यांक छ ।

सरकारले निर्वाचन घाेषणा गरेयता जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम लेखाउन फाेटाे खिचाउनेकाे भीड बढेकाे छ । असाेज १० गते १९ जनाकाे फाेटाे खिचाइएकाे थियाे । याे अवधिमा सबैभन्दा धेरै कात्तिक २५ गते एकै दिन ४६५ जनाकाे फाेटाे खिचाइएकाे थियाे । आज मंशिर ४ गते १२९ जनाकाे नाम दर्ता गराइएकाे कार्यालयले जनाएकाे छ ।

जिल्लामा ६ वटा नगरपालिका, ७ वटा गाउँपालिका, १ सय ३५ वडा रहेका छन् । जिल्लामा १ सय ९० वटा मतदानस्थल र ३ सय ८९ वटा मतदान केन्द्र कायम छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर ४, बिहीबार १४:१७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP