काठमाडौँ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत आठ दल मिलेर बन्न लागेकाे नयाँ दलको चुनाव चिह्न पाँच कुने तारा रहने सहमति भएको छ। नामकाे ठाउँ भने खाली छ।
आज आठ पार्टीका नेताहरूले पार्टी एकता घोषणा गर्ने १८ बुँदे सहमति गरेका छन् ।
सहमति पत्रमा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनसमाजवादी पार्टीका अध्यक्ष सुमनराज काफ्ले, नेपाल समाजवादी पार्टीका महेन्द्रराय यादवले हस्ताक्षर गरेका छन् ।
यस्तै नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, विप्लव समूहका चिरन पुन, एमालेबाट अलग भएका नेकपा साम्यवादीका प्रेमबहादुर सिंह र नेकपा माओवादी समाजवादीका कर्णजित बुढाथोकीले हस्ताक्षर गरेका छन् । उनीहरुबीच कार्तिक १९ गते एकता हुनेछ।

प्रतिक्रिया