• २०८३ असार ३१ | Wed, 15 Jul 2026

मधेशका मुख्यमन्त्री सिंहकाे राजीनामासँगै नयाँ सरकार गठनका लागि आव्हान (विज्ञप्तिसहित)

मधेशका मुख्यमन्त्री सिंहकाे राजीनामासँगै नयाँ सरकार गठनका लागि आव्हान (विज्ञप्तिसहित)

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन् । प्रदेश सभामा सम्बोधन गर्दै उनले आज राजीनामा दिएकाे जानकारी गराएका हुन् ।

जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सिंह नेतृत्वको सरकार आफ्नै पार्टी जनमत र सत्ता सहयोगी दल नेकपा एमाले र नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको थियो ।

जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते सामाजिक सञ्जालमार्फत राजीनामा दिएका मुख्यमन्त्री सिंहले आज प्रदेश सभामा सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।

पार्टीले पटक–पटक राजीनामा दिन दबाब दिए पनि मुख्यमन्त्री सिंहले संघीयता र संविधानको रक्षाको लागि आफूले त्यतिबेला राजीनामा नदिएको बताउने गरेका थिए । आज विश्वासकाे मत लिने अडान लिएका उनी अन्तत: राजीनामा दिने निर्णयमा पुगेका हुन् ।

यसैबीच मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आहृवान भएको छ । मंगलबार प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गर्दै नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेको हो ।

मुख्यमन्त्रीको राजीनामा स्वीकृत भइसकेकाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने बहुमत प्राप्त गर्न सक्ने दलहरुले मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि बुधबार (भोलि) दिउँसो ४ बजेसम्म दाबी पेस गर्न आह्वान गरिएको छ । प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाएकी हुन् ।

मधेशमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने तीन दलले सहमति गरेका छन् । कांग्रेसलाई सबैभन्दा ठूलो दल एमाले र जनमत पार्टीको सर्मथन रहेको छ। तथापि समीकरण फेरिन सक्ने चर्चा पनि भइरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २८, मंगलवार १२:१६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP