• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम नगर्ने

कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम नगर्ने

काठमाडौँ । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गर्ने चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम यस वर्ष नहुने जनाएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी यसकाे जानकारी दिएका हुन् ।

कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘चाडबाडको समयमा समग्र मुलुकका नागरिक शोकमा डुबेका छन् र हाम्रो पार्टीको केन्द्रीय कार्यालयसमेत आगजनी गरी ध्वस्त पारिएको अवस्थामा हामी देशभक्त नेपाली नागरिकबीच थप राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता छ।’

वि.सं. २०३३ मा जननायक बी.पी. कोइराला निर्वासनबाट ‘राष्ट्रिय एकता तथा मेलमिलापको नीति’ लिई स्वदेश फर्केपछि हरेक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह आयोजना गरी शुभकामना आदान–प्रदान गर्दै आएको थियो।

आम नेपाली आमा, बाबु, दिदी–बहिनी र दाजु–भाइहरू अकल्पनीय शोकमा रहेकाले कोजाग्रत पूर्णिमाको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम नहुने कांग्रेसले जनाएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १२, आईतवार ०३:४२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP