ललितपुर । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन र भारतबीचको सहमतिप्रति चीनसमक्ष आपत्ति दर्ज गरिएको बताएका छन् ।
उनले गत भदौ १४ देखि १८ गतेसम्मको चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटमा आफूले असहमति राखेको बताएका हुन् ।
ललितपुरको सनराइज सभा हलमा आजदेखि सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनकाे उद्घाटन गर्दै अध्यक्ष ओलीले यसबारे भारतसँग पनि स्पष्ट कुरा राख्दै आएको बताए ।
प्रधानमन्त्री ओलीले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) मा कुनै समर्थन नगरिएको पनि स्पष्ट पारेका छन् ।
प्रतिक्रिया