• २०८३ भाद्र १७ | Wed, 02 Sep 2026

२०८२ कार्तिक २५ गते मंगलबारः यस्ताे छ आजकाे राशिफल

२०८२ कार्तिक २५ गते मंगलबारः यस्ताे छ आजकाे राशिफल

बनेपा । २०८२ साल कार्तिक २५ गते मंगलबार तदनुसार ११ नोभेम्बर २०२५ । षष्ठी तिथी ० घडी ३ पला सप्तमी तिथी प्रारम्भ हुनेछ । तिष्य नक्षत्र ४६ घडी ५ पला उप्रान्त अत्लेषा नक्षत्र प्रारम्भ हुनेछ । शुक्ल योग वव करण आज बिहान सूर्योदय ६:२३ मा भयो भने सूर्यास्त साँझ ५:१२ मा हुनेछ। आज मंगलबार चन्द्रमा कर्कट राशिमा

मेष राशि
सामाजिक काममा समय व्यतीत हुने योग छ। आयमा वृद्धि भएर जानेछ। पारिवारिक सरसहयोग प्राप्त हुनाले मनमा उत्साह बढेर जानेछ। रोकिएका कामहरु पुनः सञ्चालनमा आउने देखिन्छ।

वृष राशि
जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ । अनावश्यक विवादको अन्त्य हुनेछ। पुराना साथीभाइसँग भेटघाट हुनाले रमाइलोमा समय व्यतीत हुनेछ। प्रेम गर्ने अवसर जुट्नेछ।

मिथुन राशि
दाजुभाइमा अनावश्यक कलह बढेर जानेछ । संचित धनको नाश हुने योग छ। गरिरहेको काममा बाधा हुनाले मानसिक तनाव बढेर जानेछ । आयमा कमी आउने योग छ।

कर्कट राशि
बोलीको प्रभाव बढेर जानेछ । पशु तथा चौपायबाट राम्रै आम्दानी गर्न सकिनेछ। दूधजन्य पदार्थबाट लाभ लिन सकिनेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।

सिंह राशि
झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ। व्यापार व्यवसायमा घाटा बेहोर्नु पर्नेछ। पैत्रिक सम्पत्तिमा वादविवादको सामना गर्नुपर्दा मनमा चिन्ता बढेर जाने देखिन्छ।

कन्या राशि
पठनपाठनमा सफलता पाइने योग छ। पारिवारिक सरसहयोगले लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ। सौन्दर्यतामा मन जाने देखिन्छ।

तुला राशि
काममा ढिला सुस्ती भएर जानेछ । नसासम्बन्धी समस्याले सताउने योग छ। लेखनशैलीमा कमी आउनुका साथै विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ।

वृश्चिक राशि
व्यापार व्यवसायमा घाटा बेहोर्नु पर्नेछ । अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्नेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा खानपानमा विचार पुर्याउनुहोला ।

धनु राशि
शेयर कारोबारबाट प्रशस्तै लाभ लिन सकिनेछ । बोलीको प्रभाव बढेर जानेछ। आकस्मिकरुपमा धन लाभ मिल्ने देखिन्छ । नयाँ कार्यको थालनी हुने योग छ। मिष्ठान्न भोजनको अवसर जुट्नेछ।

मकर राशि
पारिवारिक सरसहयोगले लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ। शत्रु पक्षबाट तपाईंको जित हुने देखिन्छ। पठनपाठनमा सफलता प्राप्त हुनाले मनमा खुसी छाउने छ।

कुम्भ राशि
विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ। लेखन शैलीमा कमी आउनेछ। दाम्पत्य जीवनमा कलह बढेर जाने योग छ। धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ ।

मीन राशि
मातृ स्वास्थ्यमा उतारचढाव आउनेछ। कृषि क्षेत्रमा घाटा बेहोर्नु पर्ने देखिन्छ। जग्गा जमिनसम्बन्धी काममा घाटा बेहोर्नुका साथै साझेदारी काममा समेत बाधा हुने योग छ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक २५, मंगलवार ००:५४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP