बैतडी । पञ्चेश्वर गाउँपालिका-४ स्थित महाकाली करिडोरबाट भरूवा बन्दुक १ थानसहित एक जना पक्राउ परेका छन् ।
यसका साथै छर्रा ३५ थान, बारूद र केप १ थानसहित सोही गाउँपालिका-४ बगौरा बस्ने ४१ वर्षीय गम्भिरबहादुर चन्दलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।
जिल्ला प्रहरी कार्यालय बैतडीसमेतबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया