• २०८३ असार ३१ | Wed, 15 Jul 2026

सरकार र दुर्गा प्रसाईंका प्रतिनिधिबीच सहमतिः आजदेखि हुने भनिएकाे आन्दाेलन स्थगित

सरकार र दुर्गा प्रसाईंका प्रतिनिधिबीच सहमतिः आजदेखि हुने भनिएकाे आन्दाेलन स्थगित

काठमाडाैँ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका प्रतिनिधिबीच शनिबार बालुवाटारमा वार्ता भएको छ। वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरुका सन्दर्भमा विस्तृत छलफल भएको छ।

छलफलका क्रममा वर्तमान शान्ति सुरक्षाको अवस्थासमेतलाई ध्यानमा राखी नागरिक बचाउ महाअभियानले उठाएका मुद्दाहरुको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति भएको छ।

महाभियानले २०८२ मंसिर ७ गते (आज) देखि हुने गरी घोषणा गरेको नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रमलाई फिर्ता लिन सहमति जनाएको छ।

वार्तामा महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बु नेतृत्वको टोली सहभागी थियो। साथमा अधिवक्ताद्वय विनोदमणि भट्टराई, लवण न्यौपाने र डा निराजन प्रसाई हुनुहुन्थ्यो।

सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिनालगायतको उपस्थिति थियो।
वार्ता प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको हो। अर्को चरणको वार्ता महाभियानको नेतृत्वसहित यथाशीघ्र गर्ने समझदारी भएको बताइएकाे छ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर ७, आईतवार ०१:३६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP