बनेपा । २०८२ साल मार्ग १२ गते शुक्रबार तदनुसार २८ नोभेम्बर २०२५ । अष्टमी तिथी ३० घडी ३२ पला नवमी तिथी प्रारम्भ हुनेछ । शतभिषा नक्षत्र ३९ घडी ५९ पला उप्रान्त पूर्वभाद्र नक्षत्र प्रारम्भ हुनेछ । ब्याघात योग तैतिल करण आज बिहान सूर्योदय ६:३६ मा भयो भने सूर्यास्त साँझ ५:६ मा हुनेछ । आज शुक्रबार चन्द्रमा कुम्भ राशिमा ।
मेष राशि
बोलीको प्रभाव बढेर जानेछ । लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने योग छ। धार्मिक तथा सामाजिक काममा सफलता प्राप्त हुनाले मनमा उत्साह उमङ्ग बढेर जानेछ।
वृष राशि
स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ। जागिरमा अपजसको सामना गर्नुपर्ने योग छ। परिवारमा अनावश्यकरुपमा वादविवादको सामना गर्नुपर्दा मनमा चिन्ता बढेर जाने देखिन्छ।
मिथुन राशि
थोरै कुरामा पनि वादविवादको सामना गर्नुपर्ने देखिन्छ । पठनपाठनमा असफलता पाइने योग छ । दाजुभाइमा अनावश्यक कलह बढेर जानाले मानसिक तनाव बढेर जानेछ।
कर्कट राशि
शत्रु पक्षबाट तपाईंकै जित हुने योग छ। आयमा वृद्धि भएर जानेछ। लेखन शैलीमा तीव्रता आउनाले मनमा खुसी छाउनेछ। स्वास्थ्यमा सुधार भएर जानाले दाम्पत्य जीवनमा खुसियाली छाउनेछ।
सिंह राशि
श्रीमान श्रीमतीबीच माधुर्यता छाउनेछ। शैक्षिक क्षेत्रमा सुधार भएर जानेछ। आफन्तको सहयोगले काममा प्राप्त सफलताले मनमा खुसी छाउने छ। ठूला व्यक्तिको प्रशंसनीय भइनेछ।
कन्या राशि
बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ । स्वास्थ्यमा गडबढ आउने छ। साझेदारी काममा विवादको सामना गर्नुपर्ने देखिन्छ।
तुला राशि
मातृ स्वास्थ्यमा उतारचढाव आउने देखिन्छ । साझेदारी काममा विवाद आउने योग छ। माङ्गलिक कार्यमा बाधा आउनुका साथै आर्थिक लेनदेनमा वादविवादको सामना गर्नुपर्नेछ।
वृश्चिक राशि
लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ। बोलीमा मिठास छाउनेछ । लेखन शैलीमा तीव्रता आउनाले मनमा उत्साह उमङ्ग बढेर जानाले मनमा खुसी छाउने छ।
धनु राशि
न्यायिक कार्यमा सफलता पाइने योग छ। भोजभतेरमा सहभागी हुने योग छ। फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ। उच्च व्यक्तिको सहयोग पाइने योग छ।
मकर राशि
पारिवारिक कलह बढेर जानेछ। टाउको दुख्ने समस्याले सताउने योग छ। साथीभाइबाट अपहेलित हुनुपर्दा मनमा चिन्ता बढेर जानेछ। थोरै कुरामा विवाद बढेर जानेछ।
कुम्भ राशि
जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ । लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ । स्वास्थ्यमा सुधार भएर जानाले मनमा खुसी छाउनेछ । प्रेम गर्ने अवसर जुट्नेछ।
मीन राशि
पेटसम्बन्धी समस्याले सताउने देखिन्छ । पैतृक सम्पत्तिमा विवाद बढेर जानेछ । कुरा काट्नेहरू सक्रिय रहनेछन् । प्रशासनिक काममा बाधा आउनुका साथै आफन्तमा बहिरभाव आउने देखिन्छ।
प्रतिक्रिया