• २०८३ असार ३१ | Wed, 15 Jul 2026

युके पठाइदिन्छु भन्दै ५२ लाख ठगी गर्ने बराइली पक्राउ

युके पठाइदिन्छु भन्दै ५२ लाख ठगी गर्ने बराइली पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

कास्की पोखरा महानगरपालिका-१५ घर भएका ५० वर्षीय लालबहादुर बराइलीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हाे ।

लालबहादुरले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५२ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरी परेकाे थियाे । साेही आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।

आवश्यक अनुसन्धान तथा कारवाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष २, बुधबार १०:३३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP