बनेपा । २०८२ साल पौष ३ गते बिहीबार तदनुसार १८ डिसेम्बर २०२५ । चतुर्दशी तिथी ५४ घडी ५१ पला औंशी तिथी प्रारम्भ हुनेछ । अनुराधा नक्षत्र ३४ घडी ४७ पला उप्रान्त ज्येष्ठा नक्षत्र प्रारम्भ हुनेछ । धृती योग भर करण आज बिहान सूर्योदय ६:५० मा भयो भने सूर्यास्त साँझ ५:१० मा हुनेछ । आज बिहीबार चन्द्रमा बृश्चिक राशिमा ।
मेष राशि
मानसम्मान प्राप्त हुनेछ । अधुरा कामहरू पूरा भएर जानेछन् । आफन्तको सरसहयोग पाइने योग छ । आयमा वृद्धि भएर जानेछ। सवारी साधनबाट मनग्य लाभ लिन सकिनेछ।
वृष राशि
आयआर्जनमा बृद्धि भएर जाने योग रहेको छ । पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुनेछ। सामाजिक काममा समय व्यतित भएर जानेछ । बोलीमा माधुर्यता छाउने योग छ।
मिथुन राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । शरीरमा स्फूर्ति बढेर जानेछ। पराक्रममा वृद्धि भएर जानेछ। पारिवारिक मेलमिलाप बढेर जाने योग छ। हराएको धनमाल भेटिन सक्ने सम्भावना बढेर गएको छ।
कर्कट राशि
झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । थोरै कुरामा पनि वादविवादको सामना गर्नुपर्नेछ । शरीरमा आलस्यता बढेर जानेछ । सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ ।
सिंह राशि
अनावश्यकरूपमा रिसको मात्रा बढेर जानेछ। धार्मिक कार्यमा बाधा आउनेछ। लेखनशैलीमा कमी आउने योग छ। स्वास्थ्यमा गडबढ आउने हुँदा खानपानमा विचार पुर्याउनुहोला ।
कन्या राशि
बोलीको प्रभाव बढेर जानेछ । चिकित्सा शास्त्रमा मन जानेछ । साथीभाइको सरसहयोगले लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ। काममा भएको सफलताले ठूला व्यक्तिको प्रशंसनीय भइनेछ।
तुला राशि
पारिवारिक कलह बढेर जानेछ । कृषि कार्यमा बाधा आउनुका साथै पशु तथा चौपायाबाट घाटा बेहोर्नुपर्ने देखिन्छ । बोलीमा कठोरता आउनुका साथै संचित धनको नाश हुने योग छ।
वृश्चिक राशि
सौन्दर्यमा मन जानेछ। स्वास्थ्यमा सुधार भएर जानेछ। आकस्मिकरुपमा धनलाभ लिन सकिनेछ । माङ्गलिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। लेखन शैलीमा तीव्रता आउनेछ।
धनु राशि
नशासम्बन्धी समस्याले सताउनेछ । जग्गा जमिनसम्बन्धी साझेदारी काममा वादविवाद बढेर जानेछ । विश्वास गरेका साथीभाइबाट धोका पाउनाले मनमा चिन्ता बढेर जानेछ।
मकर राश
सामाजिक काममा सफलता पाइने योग छ । स्थायी सम्पत्तिबाट मनग्य लाभ लिन सकिने योग छ । दाम्पत्य जीवनमा खुसीयाली छाउनेछ । हराएको धनमाल भेटिन सक्ने योग छ।
कुम्भ राशि
धार्मिक यात्रामा बाधा आउनेछ । आफूले राम्रो बोल्दा पनि अरुले नराम्रो सुन्ने समय रहेकाले विचार पुर्याएर बोल्नुहोला। व्यर्थैमा झैझगडाको सामना गर्नुपर्दा मनमा चिन्ता बढ्ने देखिन्छ।
मीन राशि
मानसम्मानमा बृद्धि भएर जानेछ। फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ। शेयर कारोबारबाट राम्रै आम्दानी गर्न सकिनेछ। वादविवादको अन्त्य भएर जाने देखिन्छ । मिष्ठान्न भोजनको अवसर जुट्नेछ।
प्रतिक्रिया