• २०८३ असार ३० | Tue, 14 Jul 2026

करिब १ सय २१ किलो चरेससहित मकवानपुरबाट दुई जना पक्राउ

करिब १ सय २१ किलो चरेससहित मकवानपुरबाट दुई जना पक्राउ

मकवानपुर । थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १ सय २१ किलोग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ रूप्से बस्ने २९ वर्षीय घनश्याम बल तामाङ र कैलाश गाउँपालिका-५ बस्ने २१ वर्षीय सानुकान्छा थिङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय पालुङ र इलाका प्रहरी कार्यालय चित्लाङबाट खटिएको प्रहरीले बा.प्र.०३-००१ ह १५०७ नम्बरको अटोलाई जाँच गर्ने क्रममा १२ वटा रबरको डिब्बा भित्र लुकाई छिपाई ल्याएको उक्त पदार्थ फेला पारी अटो चालक घनश्याम र अटोमा सवार सानुकान्छालाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ ७, बुधबार १४:०६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP