• २०८३ असार ३१ | Wed, 15 Jul 2026

कस्ताे छ आजकाे माैसम पूर्वानुमान ?

कस्ताे छ आजकाे माैसम पूर्वानुमान ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसले गर्दा कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लागेको छ ।

बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा तुवाँलो र हुस्सु लागेको छ।

आज दिउँसो तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति तराईका केही स्थानहरूमा हुस्सु रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ ८, बिहीबार ०१:४९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP