• २०८३ असार ३१ | Wed, 15 Jul 2026

मेलम्ची नगरपालिकाको नगरसभाको १९ औं अधिवेशन सम्पन्न

मेलम्ची नगरपालिकाको नगरसभाको १९ औं अधिवेशन सम्पन्न

मेलम्ची, सिन्धुपाल्चोक। मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ।

अधिवेशनले नगरको समग्र विकास, सुशासन तथा वित्तीय अनुशासनलाई थप सुदृढ बनाउने उद्देश्यका साथ आवश्यक ऐनहरू संशोधन गर्दै १४ वटा महत्वपूर्ण प्रस्तावहरू सर्वसम्मतरूपमा पारित गरेर सभा सम्पन्न भएको हो।

सभाबाट आर्थिक विकास समितिका संयोजक किरण दीप खड्काले पेस गरेको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी व्यवस्था गर्न बनेको ऐन, २०७५ को प्रतिस्थापन विधेयक २०८२ र मेलम्ची नगरपालिकाको विज्ञापन (व्यवस्थापन तथा नियमन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ तथा उपप्रमुख उमा प्रधानले पेस गरेको आर्थिक वर्ष २०८२/८३ को विनियोजन ऐन संशोधन विधेयक २०८२ सर्वसम्मत रूपमा पारित गरेको थियो। सभामा लेखा समिति संयोजक कृष्णमुरारी चौलागाईले पेस गरेको लेखा समितिको प्रतिवेदनसमेत पारित गरेको नगरपालिकाले जानकारी दिएको छ ।

अधिवेशनलाई सम्बोधन गर्दै नगरप्रमुख तामाङले नगरपालिकाको दिगो विकास, पारदर्शीता, सुशासन र नागरिकमैत्री सेवा प्रवाह आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताउनु भयो। उहाँले नगरसभाबाट पारित ऐन तथा प्रस्तावहरूले नगरको आर्थिक व्यवस्थापनलाई व्यवस्थित बनाउँदै विकास निर्माणका कामलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। साथै, नगरको समग्र समृद्धिका लागि जनप्रतिनिधि, कर्मचारी र नागरिकबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै सबैको सक्रिय सहभागिताको अपेक्षा गर्नुभयो।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष ३०, बुधबार ०९:२०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP