• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

कमल संघर्षको गजल सङ्ग्रह ‘हियाका कुडा’को विमोचन

कमल संघर्षको गजल सङ्ग्रह ‘हियाका कुडा’को विमोचन

काठमाडौँ । गजलकार कमल संघर्षद्वारा लिखित गजल सङ्ग्रह ‘हियाका कुडा’ एक समारोहका बीच लोकार्पण गरियो ।
शिखा बुक्सको आयोजनामा सम्पन्न समारोहमा विवेक ओझा, शितल कादिम्बनी, पूर्ण रावल, लेखक कमल संघर्ष र पुष्पराज पौडेलद्वारा संयुक्तरुपमा लोकार्पण भयो । न्याधन रामन, लक्ष्मण संगम, मदन बुढाले संग्रहमा रहेका गजल वाचन गर्नुभयो भने पूर्ण रावलले कमलले गजलमा खस भाषालाई जोडेर देशलाई नै गुन लगाएको बताउनुभयो ।
शितल कादम्बिनीले कमल हियाका कुडा पढेपछि आफूलाई डाह र इख लागेको बताउनु भयो । गजल जति पटक पढ्दा पनि त्यति धेरै पढ्न मन लाग्ने बताउनुभयो । उहाँले आफूले मन परेको गजल गायन पनि गर्नुभयो ।
मदन पुरस्कार विजेता विवेक ओझाले कमल आफ्नो समकालीन रहेको र उसका गजलबाट आफू सधैँ प्रभावित रहेको तथा हियाका कुडामा पश्चिम नेपालको इतिहासलाई गजलसित जोड्न साफल भएकोमा थप खुसी लागेको बताउनुभयो ।
लेखकले आफ्नो तेस्रो कृतिमा पनि पहिलाजस्तै मिहेनत गरेकाले पाठकहरुले मन पराउने बताउनुभयो । कमल संघर्षका सडक र खुडी प्रकाशित छन् भने शिखा बुक्सले प्रकाशन गरेको हियाका कुडाको मूल्य ३५०।–  रहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन ३, आईतवार १३:४१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP