• २०८३ असार ३१ | Wed, 15 Jul 2026

गत वैशाखयता ६ हजार ७९९ वटा विपद्का घटनाः ४६४ जनाको मृत्यु

गत वैशाखयता ६ हजार ७९९ वटा विपद्का घटनाः ४६४ जनाको मृत्यु

काठमाडौँ । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९ वटा विपद्का घटना भएका छन् ।

याे ११ महिनामा विपदमा परेर ४६४ जनाको ज्यान गएको छ । विपद्का कारण ३८ जना बेपत्ता हुँदा एक हजार ८१४ घाइते भएका राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएकाे छ ।

विपदका कारण १२ हजार ४५८ घरपरिवार प्रभावित भएका छन् । प्राधिकरणले उपलब्ध गराएको विवरण अनुसार सो अवधिमा सबैभन्दा बढी आगलागीका घटना भए । तीन हजार ३३९ आगलागीका घटना हुँदा ९८ जनाको ज्यान गएको छ ।

यस्तै बाढीका तीन सय १८, पहिरो पाँच सय ९०, भारी वर्षा चार सय २९, चट्याङ तीन सय ६७, सर्पदंश पाँच सय ९२, डढेलोका दुई सय ४६ वटा घटना भएका छन् । त्यस्तै, हावाहुरीका दुई सय ९२, जनावर आक्रमण चार सय ८८, र लेक लागेका एक सय १९ घटना भएका थिए । यस्तै, हिमपहिरोका पाँच, भूकम्पमा सात, डुङ्गा पल्टेर दुई वटा घटना भएका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र १, आईतवार ०२:१६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP