काठमाडौँ । आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेकाे छ। आज परिसूचक ४.४५ अङ्कले बढेर २ हजार ८२४.९० विन्दुमा पुगेकाे हाे ।
आज कुल ३५० कम्पनीका ३ करोड ९५ लाख ४९ हजार कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ३२ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको बजारमा सोलु हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत नाफा कमाए । त्यस्तै सालपा विकास बैंकको मूल्य ९.९९ प्रतिशत र होटल फरेन्ट इनको मूल्य ९.९३ प्रतिशतले बढेर सकारात्मक सर्किट नजिक पुगेका छन् ।
आज कुल १२४ कम्पनीको मूल्य बढेको छ भने १३० कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
कारोबार रकमका आधारमा आज ग्रीनलाइफ हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यस कम्पनीको ८१ करोड १२ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भयाे ।
त्यस्तै, रिडी पावर कम्पनीको ६७ करोड ९६ लाख, नेशनल हाइड्रोपावरको ६२ करोड ५५ लाख र हिमाल दोलखा हाइड्रोपावरको ५५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
प्रतिक्रिया