• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आज २३.८३ अंकले बढ्याे नेप्से, कति भयाे काराेबार ?

आज २३.८३ अंकले बढ्याे नेप्से, कति भयाे काराेबार ?

काठमाडौँ । मंगलबार शेयर बजार परिसूचक नेप्से करिब ८ महिना यताकै उच्च विन्दुमा पुगेको छ । आज २३.८३ अंकले बढ्दै नेप्से २ हजार ९६० अंकमा पुगेको हो । मंगलबार १४ अर्ब ८३ करोड रुपैयाँकाे काराेबार भएकाे छ ।

आज १३६ कम्पनीको मूल्य बढ्दा ११७ कम्पनीको घट्यो भने ११ कम्पनीको स्थिर रह्यो । समूहगतरूपमा व्यापार समूह सबैभन्दा धेरै ९.१२ प्रतिशतले बढ्यो ।

अन्य समूहहरूमा बैंकिङ ०.६७, विकास बैंक १.३८, फाइनान्स ०.५१, हाइड्रोपावर १.३२, लगानी ०.११ तथा उत्पादन–प्रशोधन ०.८६ प्रतिशतले बढेका छन् । यस्तै होटल तथा पर्यटन ०.१७, जीवन बीमा ०.३७, माइक्रोफाइनान्स ०.४६ र निर्जीवन बीमा ०.३८ प्रतिशतले घटेका छन् ।

आज ६ कम्पनीको मूल्यमा १० प्रतिशत वृद्धि भएको छ । उता फर्स्ट माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ६.५६ प्रतिशतले घटेको छ। कारोबारका आधारमा भने राधि विद्युत्, अपी पावर, एचआईडीसीएल प्रमोटर, ङादी ग्रुप र शिवम् सिमेन्ट अग्रस्थानमा रहेका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र १०, मंगलवार १३:२६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP